‘केजीएफ’२ मा सञ्जय दत्त को इन्ट्री, देखियो यस्तो धमाकेदार लुक्स - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, July 29, 2019

‘केजीएफ’२ मा सञ्जय दत्त को इन्ट्री, देखियो यस्तो धमाकेदार लुक्स


रकिंग  स्टार नायक यशको अभिनय रहेको चलचित्र ‘केजीएफ’लाई साउथमा मात्र नभएर संसारभर निकै रुचाइएको थियो । ८० करोडमा निर्माण भएको फिल्मले बक्सअफिसमा धमकेदार व्यापार गरेको थियो । यस चलचित्र सफल भएपछि अब यसको सिक्वेल के जि एफ च्याप्टर २ बन्ने भएको छ ।यसको दोस्रो च्याप्टरको छायांकन सुरु भइसकेको छ । फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । सम्भवतः यो फिल्म अर्को वर्षको मध्यरतिर प्रदर्शनमा आउनेछ ।
फिल्मका लेखक तथा निर्देशक प्रशान्त नील हुन ।यसबीच, ‘केजीएफ च्याप्टर २’ मा बलिउड सुपरस्टार सञ्जय दत्तले अभिनय गर्ने भएका छन् । फिल्ममा सञ्जयले ‘अधीरा’ नामक चरित्र निभाउने छन्, जुन यो फिल्मको प्रमुख भिलेन हो । आइतबार उनले मुठी बाँधेको र औंठी लगाएको एक पोस्टर सार्वजनिक भएको थियो । सोमबार उनको क्यारेक्टर पोस्टर निर्माण टिमले सार्वजनिक गरेको छ ।


पोस्टरमा सञ्जयको लुक्स निकै भयानक देखाइएको छ । फिल्ममा उनी खतरनाक भिलेनको भूमिकामा प्रस्तुत हुने लागेको पोस्टरले नै प्रस्ट्याउँछ । यो पीरियड ड्रामा ७० को दशकको कार्यकालमा आधारित छ । ‘केजीएफ २’ मा यशको अपोजिटमा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन् । अघिल्लो पार्टमा पनि उनको प्रमुख भूमिका थियो ।
पहिलो पटक स्क्रिन साझेदार गर्न लागेका यश र सञ्जयलाई एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । सञ्जयको प्रवेशसँगै दर्शकमा फिल्मप्रति अझ चासो बढेको छ । निर्माण पनि सम्पन्न नहुँदै यो फिल्मलाई सुपरहिट हुने धेरैको अनुमान रहेको छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages