अनलाइनबाट विवरण दर्ता गरेर मात्र सामान ढुवानी नियम - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, July 17, 2019

अनलाइनबाट विवरण दर्ता गरेर मात्र सामान ढुवानी नियम

व्यवसायिक प्रयोजनाका मालसामान एक ठाउँबाट अर्को ठाउँमा ओसापसार गर्नुपुर्व मालसामानको विवरण राजश्व अनुसन्धान विभागमा अनलाइनमार्फत दर्ता गराउनु पर्ने भएको छ। 
राजश्व अनुसन्धान विभागले सूचना जारी गर्दै व्यवसायिक प्रयोजनाका मालसामान आन्तरिक ओसार पसार गर्ने आयात– निर्यातकर्ता, भन्सार एजेन्ट, ढुवानी व्यवसायी, उद्योग वितरक तथा थोक विक्रेताले थोकस्तरमा विक्रि वितरण गर्दा त्यसको विवरण विभागको वेवसाइडमा प्रबिस्ट गर्नुपर्ने जनाएको छ।
विभागको वेबसाइट www.dri.gov.np मा युजर आइडी बनाएर सामान्य प्रकृयामा विवरण टिपाउन सकिने विभागका आइटी अफिसर पवन बस्नेतले जानकारी दिए। विल नम्बर, सामानका प्रकृति, सवारी चालकको नाम, सामानको मूल्य, कहाँबाट कहाँ पुर्‍याउने लगायतको विवरण भर्नुपर्ने उनले जानकारी दिए।
यसैबीच विभागले देशभर रहेको १० ओटा चेकपोष्ट पनि हटाएको छ। ढुवानी हुने सामानको विद्युतीय माध्यमबाटै निगरानी हुने भएपछि चेकपोष्ट हटाइएको हो। हाल विभागले अनलाइन दर्ताको लागि कर्मचारीहरुलाई तालिम दिइरहेको छ।
यसरी अनलाइनमार्फत ढुवानी हुने सामानको विवरण संकलन गर्न आजबाट लागू हुनेगरी सरकारले 'भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम' संचालनमा ल्याएको हो। यो सिस्टम संचालनमा आएसँगै अब ढुवानी हुने मालसामानको विद्युतीय रेकर्ड रहनेछ।
जसले राजश्व चुहावट नियन्त्रण हुने विभागले जनाएको छ। त्यस्तै मालसामानको चोरी तथा अवैधानिक रुपमा हुने निकासीलाई नियन्त्रण गर्ने विभागको भनाई छ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages