बलिउड अभिनेता शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ को सफलतालाई नै सबैभन्दा
ठूलो सफलता मान्न सकिन्छ ।
यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् । खबरहरुका अनुसार अभिनेता शाहीद कपूरले उनको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्याएका छन् ।

शाहीद कपूरको फिल्म ‘कबीर सिंह’ ले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । जुन २० मा रिलिज भएको यस फिल्मले प्रदर्शनको चौथो मंगलबारसम्म आइपुग्दा २६३.१९ करोडको व्यापार गरिसकेको छ । यस फिल्ममा शाहीद कपूर एक रिसाहा सर्जनको भूमिकामा देखिएका छन् ।
No comments:
Post a Comment