आमिर खानद्वारा अभिनित फिल्म ‘तारे जमिन पर’ का बाल कलाकार दर्शिल सफारी अब ठूलो भइसकेका छन् । उनले त्यसपछि पनि एउटा फिल्ममा अभिनय गरिसकेका छन् । सन् २००७ मा रिलिज भएको फिल्म तारे जमिन परमा आमिर खानबाहेक दर्शिलको कामको पनि निकै तारिफ भएको थियो । दर्शिलले फिल्ममा डिसलेक्सिक बच्चाको भूमिका निभाएका थिए ।
तारे जमिन परबाहेक दर्शिलले बाल कलाकारको रुपमा बम बम भोले, जोकोमौनी र मिडनाइट्स चिल्ड्रेनजस्ता फिल्ममा अभिनय गरेका थिए । तर त्यसपछि फिल्मी दुनियाँमा उनको उपस्थिती पातलो भयो । यसको कारण पनि उनी आफैंले बताएका थिए ।

दर्शिल सोसल मिडियामा पनि छन् तर उनी खासै सक्रिय छैनन् । उनको इन्स्टाग्राम अकाउन्टमा उनका केही तस्बिर उपलब्भ छन् तर उनका प्रशंसक ह्याशट्यागमा उनको तस्बिर सेयर गरिरहन्छन् ।
No comments:
Post a Comment