किन भेटे संचारमन्त्रीलाई, चलचित्र कर्मीले - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, July 17, 2019

किन भेटे संचारमन्त्रीलाई, चलचित्र कर्मीले


केही चलचित्रकर्मीहरुले संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई भेटेर चलचित्र क्षेत्रको समस्या र भावी चलचित्र नीति निर्माणका लागि केही सुझाव दिएका छन् । संचारमन्त्रीसँगको भेटघाटमा निर्माता तथा कलाकार दीपकराज गिरी, निर्माता रविन्द्र सिंह बाँनिया, वितरक प्रचण्डमान श्रेष्ठ, लेखक सामिप्याराज तिमिल्सिना, निर्देशक प्रदिप भट्टराई, निर्देशक हेमराज वीसी, चलचित्र निर्माता
श्रीधर पौडेल मन्त्रालय पुगेका थिए ,

संचारमन्त्रीसँगको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको विभिन्न बिषयमा ध्यानाकर्षण गराएका थिए । विशेषगरि, ‘राष्ट्रिय चलचित्र नीतिको परिमार्जन’, बक्स अफिस प्रणाली, नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार विस्तार तथा प्रवद्र्धन, सेन्सर बोर्ड, देशभित्रै चलचित्रको बिस्तार र प्रवद्र्धन, प्रप्स कम्पनीहरुको बिषयमा चलचित्रकर्मीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । यस्तै, सबै किसिमका सिन्डिकेटको अन्त्य गर्न पनि उनीहरुले मन्त्रीलाई आग्रह गरेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार वितरणमा मापदण्ड बनाएर वितरण गर्न पनि चलचित्रमर्कीले मन्त्री बाँस्कोटाको ध्यानाकर्षण गराएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages