बाढीपीडितलाई अक्षय कुमारको २ करोड भारू सहयोग - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, July 18, 2019

बाढीपीडितलाई अक्षय कुमारको २ करोड भारू सहयोग

 
नेपालमा जस्तै भारतमा पनि अहिले बाढी, पहिरो र डुबान लगायतको विपती देखिएको छ । भारतमा झण्डै करोड मानिसहरु प्रभावित भएको जनाइएको छ । भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् ।
यस्ता विपत्तहरुमा समयसमयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन् । उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन् ।


ट्वीटरबाट उनले यसको जानकारी दिएका छन् । अक्षय कुमार अभिनित मिशन मंगलु रिलिजका क्रममा रहेको छ । सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages