आजको पञ्चाङ्ग
मिति २०७६ साल साउन ४ गते सनिबार, इस २०१९ जुलाई 20, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु, नेसं, ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, तृतीया, ३०ः४६ उप्रान्त चतुर्थी तिथि। काठमाडौंमा सूर्योदय-५ः२१ बजे, सूर्यास्त-१८ः५८ बजे र दिनमान ३४ घडी ४ पला।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्यामा अरुलाई पछिपारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा बाहिरि बाताबरणको ख्याल गर्नुहोला। माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ। खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाइदा हुनेछ। दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ। रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ। भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ। सामाजिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । माया प्रेममा बिश्वासको बाताबरण बढ्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वैदेशिक ब्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाँफा तथा आम्दानी हुनेछ । लामोदुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा केहि खराबि हुन सक्छ ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ। प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ। माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ।
No comments:
Post a Comment