सुनसरी ईटहरी बस्दै गरेकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ प्रहरीले लेटाङ नगरपालिका – ४ गंगे चोक बस्ने ३२ वर्षीय विनोद ओझालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका–३ स्थित नमूना सामुदायिक वनमा ओझाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीटोलीले उनलाई पक्राउ गरेको थिए ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment