"ब्यांग ब्यागं" पछि ऋतिक र कट्रिना एक साथ रोमान्स गर्दै - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, July 21, 2019

"ब्यांग ब्यागं" पछि ऋतिक र कट्रिना एक साथ रोमान्स गर्दै

सफल बलिउड फ्लिम ‘सत्ते पे सत्ता’को रिमेक हुने भएको छ । यसको रिमेक बन्ने निर्माण टिमले भनेदेखि बलिउडमा यस चलचित्रका बिषयमा बिभिन्न चर्चा भईरहेका छन् । चलचित्रमा नायक नायिका को होलान भन्ने बिषयमा चासो बढेको थियो । तर, अब भने कलाकारहरु भने फाइनल भएका छन् ।
यो चलचित्रमा नायक ऋतिक रोशन मुख्य भूमिकामा अनुबन्धित भएका छन् । उनले ‘सत्ते पे सत्ता’मा नायक अभिताभ बच्चनले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछन् ।अभिताभको भूमिकामा त ऋतिक पक्का भए । अब हेमा मालिनीले निर्वाह गरेको भूमिकामा को रु भन्ने प्रश्न उठ्दै आइरहेको थियो । चलचित्रमा नायिका कट्रिना कैफको प्रवेश भएको छ । उनले हेमा मालिनीले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछिन् ।
ऋतिक र कट्रिनाले यसअघि पनि चलचित्रमा रोमान्स गरिसकेका छन् । चलचित्र ‘ब्यांग ब्यागं’मा काम गरेपछि उनीहरुको जोडीलाई रुचाउनेको संख्या पनि राम्रो छ । ‘सत्ते पे सत्ता’को रिमेकलाई फराह खानले निर्देशन गर्नेछिन् । चलचित्रमा रोहित सेट्ठीले लगानी गर्नेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages