सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउदै - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, July 28, 2019

सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउदै


हाल चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यस्त रहेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले अब भने चलचित्रको काममा लाग्ने भएका छन् । त्यसोत यो जोडीले चलचित्रबनाउने चर्चा चलेको पनी निकै भयो । आब भने सिताराम काठमाण्डौ आइपुगेँका छन् । अब, चलचित्रको काम पनि तिव्रताका साथ अगाडि बढ्ने समेत बताएका छन् ।
यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । रामबाबु अहिले चलचित्रको स्क्रिप्ट फाइनल गर्ने काममा व्यस्त छन् । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएपछि यो चलचित्रको छायांकन सुरु हुनेछ ।चलचित्रका लागि मुख्य भूमिकामा सिताराम कट्टेल र कुञ्जना घिमिरे आफैले अभिनय गर्दैछन् । लामो समयदेखि समाजसेवामा सक्रिय यो जोडी पर्दामा फर्किदैछ । यसैले पनि यो जोडीको प्रतिक्षा दर्शकलाई व्यग्रताका साथ रहेको छ ।
चलचित्रको नाम ‘एन्टीभाइरस’ राखिएको थियो । तर, अहिले चलचित्रको नाम परिवर्तन भएको खबर सार्वजनिक भएको छ । चलचित्रको नाम ‘छलकपट’ राखिएको वुझिएको छ । तर, निर्माता समेत रहेका कलाकार सितारामले भने नामको बिषयमा छलफल भैरहेपनि फाइनल नभएको प्रतिक्रिया दिए । चलचित्रमा नायक दयाहाङ राइको पनि भूमिका रहनेछ । तर, उनको कतो रहन्छ भने्र खुलाइएको छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages