"कबड्डी कबड्डी कबड्डी" को कभर भिडियो बनाएर लाख जित्ने अवसर (भिडियो सहित ) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Tuesday, July 23, 2019

"कबड्डी कबड्डी कबड्डी" को कभर भिडियो बनाएर लाख जित्ने अवसर (भिडियो सहित )

 ‘कबड्डी३’को पहिलो गीत सार्वजनिक, कभर भिडियो बनाएर लाख जित्ने अवसर
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ । भदौ १३ गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् । हेमन्त राना र रितिका श्रेष्ठले आवाज रहेको गीतमा एसडी योगीको सङ्गीत र हर्क साउदको शब्द रहेको छ । साथमा गीतको भिडियोको निर्देशन रेनशा बान्तवा राईले गरेकी हुन् भने कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको रहेको छ । निर्माण टिमले यही गीतमाथि कभर भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । प्रतिस्पर्धामा सहभागी हुने बाट उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने निर्माण युनिटले जनाएको छ ।

चलचित्र स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वरिपरि घुम्ने छ जसलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्र शैलेन्द्र डी । कार्कीले खिचेका हुन् । ‘कबड्डी कबड्डी कबड्डी’मा रिश्मा गुरुङ, पुष्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् ।https://www.youtube.com/watch?v=sTbBZFoVk3U

No comments:

Post a Comment

Post Bottom Ad

Pages