रेड रकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सोमपाल कामीलाई प्रायोजन - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, July 17, 2019

रेड रकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सोमपाल कामीलाई प्रायोजन

क्रिकेट सामग्री उत्पादक कम्पनी रेड रकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामीलाई प्रायोजन गरेको छ ।
रेड रकको प्रायोजन पाउने उनी तेस्रो नेपाली क्रिकेटर हुन् । यसअघि गएको वर्षको डिसेम्बर महिनामा भीम सार्की र गएको महिना करण केसीले रेड रकको प्रायोजन पाएका थिए ।
आउँदो दुई वर्षसम्मका लागि गरिएको प्रायोजन बापत सोमपालले ३ देखि ५ हजार अमेरिकी डलर बराबरको रकम तथा क्रिकेट किट पाउनेछन् । क्यानडामा हुने ग्लोबल ट्वान्टी–२० लिगका लागि छनोट भएसँगै सोमपाल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
सोमपाल अहिले दुई ट्वान्टी–२० खेलको श्रृङ्खलाका लागि मलेसियामा छन् । यसपछि जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया छनोट खेल्न क्यानडा प्रस्थान गर्नेछन् ।
सन् २००७ मा स्थापना भएको रेड रकले भारतीय खेलाडीहरु सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, वीरेन्द्र सहवाग, युवराज सिंह र रोबिन उथप्पालगायतलाई प्रायोजन गरिसकेको छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages