आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगतिका आधारमा सबैभन्दा कमजोर बिना मगरले सम्हालेको खानेपानी तथा सरसफाई मन्त्रालय देखिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सफ्टबेयरमार्फत सबै मन्त्रीलाई उनीहरुको कार्यसम्पादनका आधारमा नम्बर दिंदा खानेपानी मन्त्री बिना मगरले सबै भन्दा कम नम्बर पाएकी हुन् ।पहिला मन्त्रालयहरुसँगै योजना माग गरेर त्यसैका आधारमा सम्पन्न भएका, काम सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका र सुरु नै नभएका योजनाको प्रतिशतका आधारमा नम्बर दिइएको हो ।खानेपानी मन्त्रालयले जम्मा २९ नम्बर पाएको छ । मन्त्रालयले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिबद्धता गरेको १ सय २२ योजनामध्ये जम्मा ४७ वटा मात्रै काम सम्पन्न भएको छ । बाँकी ४७ वटा काम भइरहेका छन् । २८ वटाको कामै सुरु भएका छैनन् । ती सबैको कूल मिलाउँदा खानेपानीले जम्मा २९ प्रतशित अर्थात २९ नम्बर पाएको हो ।यसैगरी सबैभन्दा धेरै नम्बर परराष्ट्र मन्त्रलयले पाएको छ । नेकपा नेता प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन् । परराष्ट्रलु कूल लक्षित ८९ योजनामध्ये ६१ वटा सम्पन्न गरेको छ । चालु योजनाको संख्या २७ छ भने सुरु नै नभएको एउटा मात्र छ ।
Youtube Channel
https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg
Saturday, July 20, 2019

Home
bjob
प्रधानमन्त्रीले दिए बिना मगरलाई सबैभन्दा कम नम्बर,सबैभन्दा कमजोर बिना मगर : सबै भन्दा बढी कसले पायो ?
प्रधानमन्त्रीले दिए बिना मगरलाई सबैभन्दा कम नम्बर,सबैभन्दा कमजोर बिना मगर : सबै भन्दा बढी कसले पायो ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment