१३ वर्षपछि कमब्याक गर्दै शिल्पा (यस्तो छ नया अवतार) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, August 1, 2019

१३ वर्षपछि कमब्याक गर्दै शिल्पा (यस्तो छ नया अवतार)


बलिउड नायिका शिल्पा सेट्टी कुनै समयकी बलिउडकी चलेकी नायिका हुन् । तर, उनी १३ बर्ष फिल्मी दुनियाबाट टाढा रहेर टेलिभिजन शो लगायत योगाा गुरु भएर हाफुलाई ब्यस्त बनाइरहेकी थिइन् । अब भने शिल्पाले चलचित्रमा कमब्याक हुने भएकी छिन् ।
सब्बिर खानको निर्देशनमा बन्न लागेकोचलचित्र ‘निकम्मा’ बाट उनले १३ बर्षपछि कमब्याक गर्ने भएकि हुन् । यो चलचित्रलाई एक्सन र प्रेमको कथा भनिएको छ । यो चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् । केही दिन अगाडि मात्र यो चलचित्र र मुख्य कलाकारको घोषणा भएको थियो ।

यो चलचित्रमा शिल्पाले अहिलेसम्म नगरेको भूमिका पाएकाले गर्न लागेको बताइएको छ । शिल्पाले यस्तो खालको भूमिकाका लागि चुनौती मोल्न आफू तयार रहेको बताउँदै काम गर्न लागेको खुलाएकी छिन् ।
शिल्पाले भारतीय मिडियासँग भनिन्–‘म मेरा दर्शकका लागि नयाँ खालको भूमिका पस्कन आतुर छु । यो मेरा लागि आफैमा चुनौतीपूर्ण नै छ ।’ निर्देशकले शिल्पा हरेक महिलाका लागि विशेष कलाकार भएको भन्दै उनको भूमिका दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages