१८ वर्ष पछि अमिर र सैफ एक साथ फिलिममा आउदै - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, August 1, 2019

१८ वर्ष पछि अमिर र सैफ एक साथ फिलिममा आउदै


निर्देशक नीरज पाण्डेको प्रदर्शनमा आएको अन्तिम फिल्म ‘अइयारी’ ले बक्स अफिसमा खासै कमाल गर्न सकेन । फिल्ममा सिद्धार्थ मल्होत्रा तथा मनोज बाजपायले मुख्य भूमिका निभाएका थिए, तर दर्शकलाई फिल्मले छुन सकेन ।
तापनि उनी अघिल्लो फिल्मको तयारीमा लागेका छन् । मिडिया रिपोर्ट अनुसार उक्त फिल्मको लागि आमिर खान तथा सैफ अली खानलाई अघि सारेका छन् ।
यदि दुबै कलाकार फाइनल भयमा १८ वर्षपछि दुबैलाई एकै फिल्ममा देख्न सकिनेछ । उनिहरु यसअघि सन् २००१ मा ‘दिल चाहता हे’ फिल्ममा सँगै थिए ।


दुबै कलाकार आफ्नो काममा एकदमै व्यस्त रहेका छन् । दुबैको समय जुराई फिल्म खेल्ने भने पक्का भइसकेको छैन । आमिर अहिले विश्वकै चर्चित फिल्म ‘फोरेस्ट गम्प’ रिमेक फिल्म ‘लाल सिंह चढ्ढा’ को सुटिङमा व्यस्त रहेका छन् । यसका लागि उनले आफ्नो शरीरको तौल बढाउँदै छन् । यसअघि उनले फिल्म ‘दंगल’ मा आफ्नो शरीरको तौल बढाएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages