ईडनवर्ग ईन्टरनेशनल कलेजको आयोजनामा दुई दिने ‘जनस्वास्थ्यको अन्तराष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ । विराटनगरमा नै पहिलो पटक २४ र २५ गते सम्मेलन भएको हो ।
सम्मेलनमा नेपाल तथा भारतका जनस्वास्थ्य क्षेत्र संग सम्वन्धित, प्राध्यापक, डाक्टर, जनस्वास्थ्य विद् तथा जनस्वास्थ्य बिषय अध्ययनरत् विभिन्न कलेजका विद्यार्थीहरुले सहभागिता जनाए ।
सम्मेलनमा भारतबाट आउनु भएका प्रा.डा. अजय शर्मा, एमेटी विश्वविद्यालय, डा. गौरव गुप्ता, रष्ट्रिय प्रमुख, एसोसियसन अफ फारमेसी प्रोफेसनल जनस्वास्थ्य क्षेत्रको बर्तमान विश्वपरिवेश र जनस्वास्थ्य संग सम्वन्धित मुद्धाहरुको सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।
त्यस्तै, कार्यक्रममा डा. अपार लामिछाने, किर्तिपुर हस्पिटल, डा. संजिव कुमार ठाकुर, नोवेल मेडिकल कलेज, डा. हेम सागर रिमाल, प्रिन्सिपल, विराट मेडिकल कलेज, डा. सुरेश मेहेता, स्वास्थ्य महाशाखा प्रमुख, सामाजिक विकास मन्त्रालय, प्रदेश एक र कैलाश खाँकी श्रेष्ठ, इडनवर्ग इ. कलेज लगायतका विज्ञहरुले जनस्वास्य क्षेत्र संग सम्वन्धित विभिन्न बिषयमा बेग्ला बेग्लै कार्यपत्र प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा स्वेदेशी र विदेशी विज्ञहरुले बाह्र कार्यपत्र प्रस्तुत गर्नु भयो भने चार वटा पोष्टर प्रस्तुती समेत समावेश गरिएको थियो । सम्मेलनमा जनस्वास्थ्यका क्षेत्रमा संग्लन भई उत्कृष्ठ कार्य गर्ने व्यक्तिहरुलाई पुरस्कार वितरण गरियो ।
‘जनस्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्न र जनस्वास्थ्य अध्ययनरत् विद्यार्थीहरुलाई आफनो ज्ञान, सीप र क्षमता अभिबृद्धिमा यो सम्मेलन कोषे ढुंगा सावित भएको छ ।’ कार्यक्रमका संयोजक कैलाश खाँकी श्रेष्ठ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ ‘अहिलेको सहभागिता र उत्साह देखेर आगामी दिनमा अझ भब्य रुपमा यस्तो कार्यक्रम गर्ने हौसला र प्रेरणा संगै दायित्वबोध समेत भएको छ ।’
ईडनवर्ग इ. कलेजबाट सहभागी भएका विद्यार्थी मोहन बाँस्तोला भन्छन् ‘कक्षा कोठाको सिकाईले मात्र सिकाई नहुने हुँदा यस्तो सम्मेलन मार्फत् विज्ञहरुको व्यवहारिक ज्ञान प्रत्यक्ष रुपमा लिन पाउदा हामीले जनस्वास्थ्यलाई अझ राम्रो संग बुझन र भोलीका दिनमा समुदायमा जनस्वास्थ्यकर्मीको रुपमा खेल्ले भूमिका उत्कृष्ट र व्यवहारिक हुन्छ’
सम्मेलनमा प्रमुख अतिथीको रुपमा प्रदेश नं. एकका मुख्य सचिव सुरेश अधिकारी सहित देश तथा विदेशबाट आउनु भएका करीव तीन सय जनाको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment