केही चर्चित गीतहरुको कभर गाएर भाइरल बनेकी गायिका एलिना चौहानको नयाँ गीत ‘तिम्रो खुशीमा’ म्युजिक भिडियो सहित रिलिज गरिएको छ। इन्स्टाको फोटो र तिम्रो मायाले बाँधेर राख जस्तो गीतहरुको कभर पछि एकएक एलिनाको चर्चा चुलिएको थियो। ‘तिम्रो खुशीमा’ एलिनाको आफ्नै भने पहिलो म्युजिक भिडियो हो।
तिम्रो खुशीमा का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्। बेलायतमा बसेर गीत गजल लेखनमा लामो समय देखि सक्रिय उप्रेती आफ्नै शब्दमा कहिले काहीं संगीत भर्ने पनि गर्छन्। यसअघि उनीद्वारा संगीतवद्वूबरिलैू बोलको गीत निकै मन पराइएको थियो। जसलाई नेपाल आइडल २ का सहभागी गायक कृशल कडेल र मीनराज पौडेलले गाएका थिए।
खुशी इन्टरटेनमेन्टको प्रस्तुति तिम्रो खुशीमाको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन्। शक्ति प्रज्वल भिडियो सम्पादनको क्षेत्रमा सक्रिय र स्थापित नाम हो। तिम्रो खुशीमाको म्युजिक भिडियोमा नायिका रिचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक भुमिकामा देखिका छन्। नायिका रिचाको पहिलो चलचित्र लव यु हमेसा यतिबेला रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन्।
कथानक पक्षलाई विशेष जोड दिइएको यस भिडियोमा अस्मिता बिक र मोहन आचार्यलाई पनि महत्त्वपूर्ण भुमिकामा देख्न सकिन्छ।
स्वयं निर्देशक शक्ति प्रज्वलले तिम्रो खुशीमाको सम्पादन कलरिङ गरेका हुन् भने यसमा छायांकन नमराज घिमिरेको रहेको छ भने नृत्य निर्देशन प्रबिन थापाको रहेको छ। तिम्रो खुशीमाको म्युजिक भिडियो व्हाइट मिडिया प्रालिले निर्माण गरेको हो।
स्वयं निर्देशक शक्ति प्रज्वलले तिम्रो खुशीमाको सम्पादन कलरिङ गरेका हुन् भने यसमा छायांकन नमराज घिमिरेको रहेको छ भने नृत्य निर्देशन प्रबिन थापाको रहेको छ। तिम्रो खुशीमाको म्युजिक भिडियो व्हाइट मिडिया प्रालिले निर्माण गरेको हो।
No comments:
Post a Comment