कसैले गर्न नसकेको काम म गरेर देखाउछु (योगेश भट्टराई ) - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, August 1, 2019

कसैले गर्न नसकेको काम म गरेर देखाउछु (योगेश भट्टराई )

वनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारमा बसेर जनताले महसुस गर्ने गरी केही न केही काम गरेरै देखाउने प्रतिबद्धता जनाएका छन् ।
भट्टराईले छिट्टै मन्त्रालयको कार्ययोजना निर्माण गर्ने तयारीमा जुटिसकेको जानकारी दिए । भट्टराईले आफू मन्त्रीमा नियुक्त हुनुलाई क्रिकेट मैदानमा ब्याटिङ गर्न उत्रिएको खेलाडीका रुपमा प्रस्तुत गरे । ‘मन्त्रालयको कार्ययोजना बनाउने तयारीमा छु’, पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा माओवादी जनयुद्धका सहिदको शालीकमा माल्यार्पण गरेपछि बिहीबार सञ्चारकर्मीसँग उनले भने, ‘भर्खर त ब्याटिङ गर्न आएको छु, हानौंला नि चौका छक्का ।’
भट्टराईले आफूले एकएक रन नलिने भन्दै कि चौका कि छक्का प्रहार गर्ने बताए । भट्टराईले आफ्नो कामको चुनौतीबारे जानकार रहेको उल्लेख गरे । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने आफ्नो पहिलो चुनौती भएको उनको भनाइ थियो । यस्तै पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्ने तथा थप पर्यटकीय गन्तव्य विकास गरी विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्ने चुनौती पनि आफूमा रहेको बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages