भारतबाट आएको तरकारी अब विषादी परीक्षण भएर मात्रै नेपाल आउने - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, August 14, 2019

भारतबाट आएको तरकारी अब विषादी परीक्षण भएर मात्रै नेपाल आउने


प्रदेश १ सरकारले स्थापना गरेको प्रयोगशालालाई संघीय सरकारको एउटा भन्सारले आधिकारिक मान्ने र अर्कोले नमानेको देखिएको छ ।
प्रदेश सरकारले एक महिनाअघि आयातित र स्थानीय बजारमा उपलब्ध तरकारीमा विषादी परीक्षण गर्न ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याएको थियो ।
प्रयोगशाला सञ्चालनमा आएपनि संघीय सरकार मातहतको विराटनगर भन्सार कार्यालयले मान्यता दिएको छैन । तर, सुनसरी भन्सार हुँदै भित्रिएका तरकारीको परीक्षण भने विराटनगरमा नै हुन्छ ।
प्रयोगशाला स्थापना भएको एक महिना भएपनि विराटनगर भन्सारले आधिकारिक जानकारी नभएको बताउँदै तरकारी परीक्षण गर्न पठाएको छैन । विराटनगर भन्सार हुँदै भित्रिएका तरकारी तथा फलफूलको विषादी जाँच गर्न झापाको विर्तामोड पुग्नुपर्ने बाध्यता छ ।
विषादी परीक्षण प्रयोगशालामा सुनसरीको भान्टाबारी हु“दै नेपाल भित्रिएका तरकारी मात्र परीक्षणका लागि आउँछ ।
प्रयोगशाला नजिकै रहेको विराटनगर भन्सारले भने नाकाबाट भित्रिएका तरकारीको परीक्षण गर्न झापाको विर्तामोडमा पठाउँदा व्यापारीहरुले सास्ती भोग्नु पर्ने अवस्था छ ।
भन्सारले काम नदिँदा विराटनगरमा स्थापित प्रयोगशालाले पर्याप्त काम पाएको छैन ।
एक महिनाअघि स्थापना भएको प्रयोगशालामा स्थानीय बजारका तरकारी पनि परीक्षण हुने गरेको प्राविधिक साहायक घनश्याम बरालले बताए ।
प्रदेश सरकाले गत आर्थिक वर्ष स्थापना गरेको ल्याबमा दैनिक २० देखि ३० वटा तरकारी नमुना परीक्षण गर्न सकिन्छ । तर, परीक्षणका लागि भने दैनिक १–२ जना मात्र पुग्ने गरेका छन् 
तरकारी र फलफूलमा ३५ ‘इनिविसन’ भन्दा कम मापनमा आउ“दा उपभोग मिल्छ । ‘३५ देखि ४५ ‘इनिविसन’सम्म मापन भए केही समय राखेर पुनः परीक्षण गरी उपभोग गर्न मिल्छ । तर ४५ भन्दामाथि देखिएको अवस्थामा भने नष्ट गर्नुपर्छ ।

नजिकै रहेको प्रयोगशालामा परीक्षण नगराएर अर्को जिल्लामा रहेको प्रयोगशालामा विराटनगर भन्सारबाट आयातित तरकारीको नमुना संकलन गरेर पठाउने गरेको छ । तर, सुनसरीको भन्टाबारी भन्सार कार्यालयले प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालाको रिपोर्टको आधारमा आयात गर्न दिने गरेको छ ।
विराटनगर भन्सारले भने प्रदेश १ सरकारको प्रयोगशालाको बारेमा आधिकारिक जानकारी नभएको भन्दै झापामा रहेको प्रयोग सालामा पठाउने गरको बताउँदै आएको छ ।
विराटनगरमा प्रयोगशाला रहेको सुनेको मात्र त्यसको बारेमा संघीय सरकारबाट कुनै परिपत्र नआएको विराटनगर भन्सारका सूचना अधिकारी मणिराम पौडेलले बताए ।
संघीय सरकारअन्तर्गतका एउटा निकायले आधिकारिक मान्ने अर्कोले नमानेको विरोधवासपूर्ण अवस्था देखिएको छ ।
प्रदेश १ सरकारले २५ लाख लागतमा स्थापना गरेको प्रयोगशालालाई विराटनगर भन्सारले जानकारीमै नभएको बताउँछ ।
प्रदेश १ सरकारले स्थापना गरेको उक्त प्रयोगशाला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत छ । मन्त्रालयका सचिव हस्तबहादुर विष्टले संघीय सरकारसँग कुरा भइरहेको बताउँछन् । उनले केही दिन विराटनगर भन्सारबाट आउन तरकारी परीक्षण गर्ने गरी संघीय मन्त्रालयमा कुरा भइरहेको जानकारी दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages