चितवन \ पत्रकार रबि लामिछाने अदालत परिसरबाट बाहिरिएका छन् । अदालतबाट बाहिरिदै गर्दा रविले सबैलाई धन्यवाद दिएका छन् । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आ*देश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् ।नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् ।सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
पत्र कार रबि लामिछाने अब केहि समय पछी जिल्ला अदालत चितवन बाट बाहिरिन लागेका छन् ।सबै कानुनी प्रकियाको तयारीले गर्दा केहि ढिला भएको हो ।स्वास्थ्य परीक्षण गरि सकेपछी अदालत परिसरबाट बाहिरिने बताइएको छ । पत्रकार रबि लामिछाने रिहा भए लगतै चितवनमा रबिका हजारौ समर्थक बधाई दिन उपस्थित भएका छन् । हातमा फुलामाला लिएर उनिहरु हजारौको संख्यामा पस्थित भएका हुन् ।जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछाने लाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।२० साउनमा चितवनको कंगारु होटलमा मृ*त फेला परेका पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण म*र्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण ता*रेखमा रि*हा भएका छन् ।
No comments:
Post a Comment