रबि लामिछानेको समर्थनमा जनसागर : राजमार्ग अबरुद्ध गर्न खोज्ने पाँच जना पक्राउ - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Friday, August 16, 2019

रबि लामिछानेको समर्थनमा जनसागर : राजमार्ग अबरुद्ध गर्न खोज्ने पाँच जना पक्राउ


न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेका समर्थकहरुले लामिछानेको रिहाइको माग गर्दै शुक्रबार भरतपुर चौबिसकोठीमा चक्काजाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ ।
माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय तरिकाले भएको आत्महत्या प्रकरणमा अनुसन्धानका लागी बिहीबार बेलुकी टेलिभिजन परिसरबाटै पक्राउ परेका लामिछानेको रिहाइ माग राख्दै उनका समर्थकहरुले नाराबाजी सहित पुर्व पश्चिम् राजमार्ग अबरुद्ध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।
पक्राउ परेकाहरुलाई अहिले वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा राखिएको छ । यसैबीच, चितवन प्रहरीले अप्रिय घट्ना हुन सक्ने कुरालाई मध्ययनजर गर्दै अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages