रवि लामिछानेलाई थुनामा राख्न पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, September 9, 2019

रवि लामिछानेलाई थुनामा राख्न पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थुनामा राख्न पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन परेको छ।
लामिछानेसहित तीन जनालाई धरौटी र तारेखमा छोड्ने जिल्ला अदालत चितवनको आदेश विरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो। सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको छ।
जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता गरिएको हो। निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ।
चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad

Pages