क्यानडामा बसहरुमा पोष्टर टाँसेर नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिदै - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, September 11, 2019

क्यानडामा बसहरुमा पोष्टर टाँसेर नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिदै


नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा ‘नेपाल डे’ मनाउने भएको छ ।
यही १९ सेप्टेम्बरका दिन विभिन्न नेपाली संघसंस्थाहरुसँगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता दिनेश खतिवडाले बताए ।
यस कार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारी दिइने र नेपाल जान उनीहरुलाई प्रेरित गरिने बताइएको छ ।
यसअघि नेपाल पर्यटनबोर्ड क्यानडा लगायतका संघसंस्थाहरुले ब्राम्पटन र मिसिसागा शहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी व्यानरहरु टाँसेर क्यानडामा प्रचार प्रसार सुरु गरिसकेका छन् ।
अहिले यी सहरहरुमा गुड्ने धेरैजसो बसहरुमा नेपाल सम्बन्धी व्यानरहरु देख्न सकिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages