महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजना पक्राउ - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, September 11, 2019

महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजना पक्राउ

मोरङको रंगेलीमा एक महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । धनकुटा घर भई हाल आफन्तको घरमा बस्दै आएकी बर्ष १५ की बालिकालाई गत भदौ २२ गते बस भित्रै जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
वेतना सिमसार घुमफिर गरी दमक तर्फ जान हिँडेकी बालिका दमक पुगे पछी वसबाट झर्न खोज्दा झर्न नदिई ललाई फकाई सोही वसमा पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका ९ स्थित दोहमना हाटचौक लगेर बसभित्र जवरजस्ती गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages