वीरगञ्जमा छात्रा विद्यालय जाँदै गर्दा एसिड प्रहार - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Friday, September 6, 2019

वीरगञ्जमा छात्रा विद्यालय जाँदै गर्दा एसिड प्रहार


वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि  एसिड प्रहार भएको छ। वीरगन्ज(३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ बजे विद्यालय जाने क्रममा वीरगञ्ज(४ गणेशमान चोकमा दुई युवाले एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट गम्भीर घाइते खातुनको नारायणी अस्पताल वीगन्जमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ। घाइते छोरीलाई नारायाणी अस्पतालले काठमाडौं रिफर गरेकाले एम्बुलेन्समा राखेर काठमाडौं लाँदै गरेको मुस्कानका बाबु रसुल मियाँले जानकारी दिए। एसिड प्रहार गर्नेमध्ये संसाद मियाँ पक्राउ प्रहरीले पक्राउ गरिसकेको छ। अर्का मजिद मियाँ फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। खातुन विद्यालय जाँदै गर्दा गणेशचोकमा रहेको एक सैलुनमा बसिरहेका उनीहरुले एसिड प्रहार गरेर भागेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad

Pages