भोजपुरमा अर्को बिबाह गर्ने लाई ६ महिना कैद गर्ने फैसला गरेको छ - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, September 8, 2019

भोजपुरमा अर्को बिबाह गर्ने लाई ६ महिना कैद गर्ने फैसला गरेको छ


 जिल्लाको आमचोक गाउँपालिका–९ दुङ्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद गर्ने फैसला गरेको छ ।
घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने श्रेष्ठलाई १० हजार जरिवानाको फैसलासमेत गरिएको हो । अदालतले जितबहादुरसँग विवाह गरेर आउने कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ भने अदालतले पीडकहरूबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजलासले उनीहरूलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो । जितबहादुरकी जेठी श्रीमती पूर्णमाया श्रेष्ठले श्रीमान्ले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई प्रहरीले गत जेठ १९ गते पक्राउ गरेको थियो ।
उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसूर ठहरिएकोले कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages