घरमा श्रीमान र छोराछोरी छन् । तर एक विवाहित पुरुषसं प्रेम सम्बन्ध भएर उनलाई भेट्न गएकी महिलाको झण्डै ज्यान गएको छ । घटना वीरगञ्जको हो । वीरगन्जमा एक युवकले प्रेमीकाको ह*त्या प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर ह*त्याको प्रयास गरेका हुन्।
दुवै जना विवाहित हुन् । उनीहरु एक अर्कालाई मन पराउने प्रहरी सामु बताएका छन् । छु*रा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
विवाहित महिला चौधरीको एक छोरा पनि छन् । उनका श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं भएकाले उनी छोरालाई लिएर वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी छन्।
मंगलबार मध्यान्ह १२ बजेतिर रोशनले चौधरीलाई घुम्न वीरगन्ज १५ मा अवस्थित भिस्वाडाँडामा बोलाएका थिए। त्यहीँ डेटिगंका क्रममा उनीहरुबीच विवाद भएको प्रारम्भिक अुनसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । विवादकाबीच रोशनले धारिलो छु*राले मनुको घाँटीमा प्रहार गरेका हुन्।
उनीहरुबीच विवादको कारण भने खुल्न सकेको छैन । प्रेमीका चौधरीले आफुहरु काठमाडौंमा संगै केही दिन बसेको प्रहरी सामु बयान दिएकी छन् भने रोशनले उनी आफ्नो प्रेमीका भएको बताएका छन् । दुई जना एक साता अघि काठमाडौंमा चार दिन संगै बसेका थिए ।
No comments:
Post a Comment