सिरहामा जमीनको विवादले एकजनाको ज्यान नै जोखीममा - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, September 5, 2019

सिरहामा जमीनको विवादले एकजनाको ज्यान नै जोखीममा


सिरहा । सिरहामा जमीनको विवादले एकजनाको ज्यान नै जोखीममा परेको छ । सिरहाको वडा नम्बर २२ हकपारा बस्ने ४२ वर्षीय शिव कुमार यादव जमीनको विवादमा परेर अहिले घाईते भएका छन् भने हाल उनको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ । पारीवारिक श्रोतले जनाए अनुसार उनलाई गत १५ गते आइतवारको दिन सोहि ठाँउ बस्ने अन्दाजी वर्ष ३६को कृष्णदेव यादव , वर्ष ३०को कारीचन्द यादव लगायत उनीहरुकै परविारले लौरै र काठको टुक्राले पिटेर घाइते बनाएका थिए ।
सोहि झगडामा परेर शिव कुमार यादव संगै उनको ४० वर्षीय श्रमती रामसीया यादव , १६ वर्षीय छोरा रुपेश यादव र १२ वर्षीय छोरा कमलेश यादव समेत घाइते हुन पुगेका थिए । घाइते भएका शिव कुमारका श्रीमती र छोराको अवस्था भने अहिले सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए अनुसार गत शनिवार बाटोको विषयमा सानो विवाद हुदा दुवै पक्ष बिच झडप हुन पुगेको थियो । सोहि झडपमा परेर दुवै पक्ष घाईते समेत भएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages