बर्षकै उत्कृष्ट नव मोडेलको उपाधि नताशा ब्लोन लाई - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, September 29, 2019

बर्षकै उत्कृष्ट नव मोडेलको उपाधि नताशा ब्लोन लाई


नताशा ब्लोनले दोस्रो सगरमाथा म्युजिक अवार्डमा बर्षकै उत्कृष्ट नव मोडेलको उपाधि हात पारेकी छन् । मंगोलियन अनुहारकी धनि नताशा हेटौडाकि स्थानिय बासिन्दा हुन् । तिमी हासेको म्युजिक भीडियोबाट अवार्ड हात पारेकी उनी अहिले काठमाण्डौं बसेर अध्यन संगै मोडलिङ्गमा सक्रिय रहेकी छिन् । मोडलिङ्ग सगैं नृत्यमा पोक्त उनी हाल काठमाण्डौंमा पनि नृत्यको कक्षा लिइरहेकी छिन् । हरेक प्रकारका गीतमा नृत्य गर्नै खुबी उनमा रहेको छ । गायक प्रकाश दोङ्गको सोलेगितबाट यो क्षेत्रमा प्रवेश गरेकी उनले अहिले सम्म ४–५ ओटा म्युजिक भिडियो आफनो अभिनय कला प्रस्तुत गरिसकेकी छिन् । लामो समय देखि मोडलिङ्ग संग संगै सास्कृतिक कार्यक्रममा प्रस्तुत हुदैआएकी उनी अब भने म्युजिक भिडियो संगै मौका पाए नेपाली चलचित्रमा डेब्यु गर्ने सोचमा रहेको बताउछिन् । रहरैरहरमा रंगमञ्चबाट काचँको पर्दा मार्फत यहाँसम्म आएकी उनी मौका पाएमा जस्तै सुकै अभिनय गर्न तयार रहेको बताउछिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages