मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । पाँडे-जिग्रीको टिमले अबदेखि ‘सक्किगोनि’ नामक टेलिसिरियल ल्याउने बताएका छन् ।
यो टिममा भद्रगोलका पुराना पात्रहरु पाँडे, जिग्री, बले, कक्रोज, सितेबा, बरिष्ठे, काकु, खुबीका बा, रक्षा, एकदुमे, जयन्ते, माकुरी लगाएत २१ जना कलकारहरू छन् । यी कलाकारहरु अब सक्किगोनि सिरियलको टेलिभिजन पर्दामा देखिने भएका छन् ।
असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवारदेखि ‘सक्किगोनि’ हेर्न पाइनेछ ।
फेसबुकमा पाँडे जिग्री लगाएतका कलाकारहरुले लेखेका छन् ।
आफुले जन्माएको हुर्काएको एउटा सिर्जना ईतिहास बन्दै गर्दा
आफु भित्र को नसकिएको कलाकारिता को अर्को सिर्जना “ सक्किगोनी “ जन्मिएको छ !!
कलाकारिताको यात्रामा माया गरेर हौसला, सल्लाह, सुझाव दिनु हुने आदरणिय सोम धिताल सर, सुवाश कार्की ( बेलासे ) सर, शंकर आचार्य ( बरिष्ठे ) दाई , अग्रज कलाकारहरु, सहकर्मी साथी हरु, प्राबिधिक साथिहरु, नेपाल टेलिभिजन परिवार , विज्ञापनदाताहरु , सम्पुर्ण मिडिया तथा सन्चारकर्मी साथिहरु, मिडिया हब प्रा लि, देश बिदेश मा बस्नु हुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु र मैले सम्मान गर्नु पर्ने सम्पुर्ण व्यक्त्तित्व हरु सम्मान र नमन व्यक्त गर्दछु ।
आगामी दिनहरुमा पनि यस्तै माया , सल्लाह, सुझावको अपेक्षा गर्दछु
जय नाट्यस्वरि माता, जय नेपाल !!
मिडिया हबसँगको विवादपछि ‘भद्रगोल’बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।
अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोज’, मधुसुदन पाठक ‘सीते बा’लगायतका २१ जना कलकारहरू अब पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् ।
आइतवार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘हजुरहरूले हामीप्रति देखाउनुभएको माया, सद्भाव र सहानुभूतिप्रति कृतज्ञ छौं । हामी आउँदै छौं । केही हप्ता प्रतिक्षा गर्नु होला !!’
असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवार उक्त टेलिसिरियल हेर्न पाइने घिमिरेले बताएका छन् । टिम पनि त्यही, थिम पनि त्यहि तर सिरियलको नाम भने फरक हुने बताइएको । अहिले नाम खुलाइएको छैन ।
उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।
यसैबिच भद्रगोलको नयाँ टिमले बनाएको गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोड कत्तीपनी रुचाएका छैनन् । यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । प्रतिक्रियाहरु पनि अधिकांश नकारात्मक छन् ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।
भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।
गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।
यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यो समाचार तयार पार्दा यूट्यूवमा सो एपीसोडमा १७ हजार लाइक र २० हजार डिसलाइक देखिएका छन् ।
यति मात्र होइन, यसमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।
उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो । उनीहरुले समयमा पैसा नपाएको गुनासो गरेका छन् भने कार्यक्रमको यूट्यूव राइट पूर्णरुपमा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । मिडिया हब यसमा सहमत छैन ।
यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।
केही समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ आजबाट फेरि प्रशारमा आउने भएको छ । शृङ्खला नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउन लागेको हो ।
यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो । ‘भद्रगोल’का पाँडे, जिग्री, सागर लम्साल ‘बले’, हरिश निरौला ‘क्रक्रोज’, दिपक आचार्य ‘काकु’ लगायतले केही दिन अघि सामाजिक सञ्जालमार्फत् एक लामो स्टाटस पोष्ट गर्दै आर्थिक समस्याको कारण ‘भद्रगोल’ बन्द भएको जानकारी गराएका थिए ।
करिब तीन बर्षदेखि नियमित प्रसारण हँुदै आएको ‘भद्रगोल’ कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले नियमित निर्देशन गर्दै आएका थिए । यो शृङ्खलाको जिग्री, पाँडे, बले, क्रक्रोज पात्र दर्शक माझ निकै लोकप्रिय मानिन्छ । तर अब प्रसारण हुन लागेको ‘भद्रगोल’ नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र अशोक धितालको निर्देशनमा आउन लागेको हो । असोक यस अगाडि पनि उक्त शृङ्खलामा बाहुन डनको चरित्र निर्बाह गर्दै आएका छन् ।
काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिँदैछन्, भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् । अब आउने शृङ्खलामा सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको अभिनय रहनेछ ।
नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८ः३० बजे प्रसार हुँदै आएको यो शृङ्खला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ । मिडिया हबकै प्रस्तुतिमा नयाँ शैली सहित आउन लागेको श्रृखला ‘भद्रगोल’मा अब जनताको जनजीवनसँग सरोकार र समस्यामा केन्द्रिय विषयबस्तुमा समेत निर्माण हुने निर्देशक ज्योती काफ्लेले बताए ।
केहिदिन अघि यस्तो स्टाटस लेखेका थिए पाँडे, जिग्री, बले, क्रक्रोज, काकु लगाएतले
भद्रगोल रोकिनुको कारण:
भद्रगोललाई अत्यन्तै माया गरि सल्लाह र सुझाव दिनुहुने देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आदरणीय नेपाली तथा नेपालिभाषी दाजुभाई,दिदिबहिनी हरुमा सम्मान र नमन व्यक्त गर्दछौं ।
यहाँ सम्मको यात्रामा हामिलाई साथ दिनुहुने मिडिया हब प्रा ।लि ।,नेपाल टेलिभिजन ,सम्पुर्ण मिडिया हाउस,शुभचिन्तक ,बिज्ञापन दाताहरु,प्राबिधिकहरु, संचारकर्मीहरु,सुबास कार्की “बेलासे”सर,शंकर आचार्य “बरिस्टे”दाइ लगाएत सम्पुर्ण हरु प्रती कृतज्ञ छौँ ।
बिगत लामो समय देखि विभिन्न समस्याहरु तथा अबरोध का बिच पनि आफ्नो कर्मप्रती पुर्ण इमान्दार भएर भद्रगोल सिरियल मा काम गरिरहेका थियौं ।भद्रगोल उत्पादन गर्ने हाम्रो कम्पनी र प्रसारण गराउने एजेन्सी मिडिया हब बिचको सम्झौता २०७६ असार मसान्तबाट सकियलगत्तै भद्रगोल लाई निरन्तर सन्चालनमा ल्याउन हामिले विभिन्न चरणमा छलफल र परामर्श हरु गर्यौ।
दुर्भाग्यको कुरो भद्रगोलको नाम,डिजाइन ,लेखन,निर्माण,निर्देशन गर्ने हामी सर्जकहरु संग भद्रगोल नामको अधिकार छैन।एउटा सर्जकले सिर्जना गरेको सम्पुर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर हामिले निरन्तर पहल गर्यौ तर अधिकार पाउन सकेनौं ।एउटा सर्जकको हिसाबले सिर्जना गर्ने मान्छेलाई सबैभन्दा प्यारो आफ्नो सिर्जनानै हुन्छ होला।
भद्रगोल टेलिसिरियलबाट केही बर्षसम्म पनि पारिश्रमिक समेत नपाउदा पनि हामी भद्रगोलका सबै कलाकार देश र जनताको लागि उत्कृष्ट मनोरञ्जनका खुराकहरु पस्कनुपर्छ भन्ने भाबले निरन्तर मोटिभेट भैइ कर्म गरिरहेयौ।पारिश्रमिक पाउने निर्णय भैइसकेपछी पनि समयमै पारिश्रमिक नपाउने,पारिश्रमिक उठाउनकै लागि टिलिसिरियल रोक्नुपर्ने जस्ता कठिन निर्णयहरु अबलम्बन गर्दापनी दिगो तरिकाले काम गर्ने बाताबरण देखियन।
हुन त हामी कलाकारको लागि पैसा भन्दापनी कला,दर्शकको माया सबैभन्दा ठुलो कुरा हो तर हामी कलाकारहरू पनि बाच्नुपर्छ ।यहि देशमा बसेर कलाप्रती पुर्ण रुपमा समर्पित भएर काम गरिरहदा आफ्नो भबिस्यप्रतिको चिन्तापनि थपिदै जादो रहेछ।
आजको दिनमा न हामिले भद्रगोल नाम राखेर टेलिसिरियल निर्माण गर्न सक्छौं,न काम गरिरहेकै संस्थासंग काम गर्ने बाताबरण छ।यो अबस्थामा हाम्रो टिमले के गर्दा ठिक हुन्छ ?भगवानरुपि दर्शक हरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं ।
No comments:
Post a Comment