भद्रगोल पुरानो टिमले नयाँ सिरियल बनाउदै नयाँ टिमको भद्रगोल ‘फ्लप' - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Sunday, September 8, 2019

भद्रगोल पुरानो टिमले नयाँ सिरियल बनाउदै नयाँ टिमको भद्रगोल ‘फ्लप'


नेपाल टेलिभिजनबाट प्रशारित हास्य टेलिश्रृंखला भद्रगोलको २० औं शृंखला ‘फ्लप’ सावित भएको छ। सिरियलको युट्युबमा ‘लाइक’ भन्दा ‘डिस लाइक’ बढी आएको छ।  यो सामाग्री तयार पार्दासम्म १७ हजार लाइक र २३ हजार डिस लाइक आएको देखिन्छ।
६ हप्तापछि पुनः प्रशारणमा आएको उक्त सिरियलमा नयाँ कलाकारहरुले अभिनय गरेका थिए । यस शृंखलामा ज्योती काफ्ले (मंगल थारु) र अशोक धिताल (बाहुन डन) ले निर्देशन गरेका थिए । यसअघि भद्रगोलमा निकै रुचाईएका निर्देशकद्वय अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) सहित २१ जनाको टिम बाहिरिएको थियो ।
करिब ७ लाख १९ हजार दर्शकले हेरेको उक्त भिडियो युट्युबको ट्रेन्डिङ नम्बर ६ मा छ । सिरियलमा अधिकांशले नकारात्मक प्रतिक्रिया दिएको देखिन्छ  ।


पुरानो टिमले नयाँ सिरियल बनाउंदै 
भद्रगोल छोडेर बसेका कलाकारहरुले भने नयाँ सिरियल बनाउने तयार थालेका छन्।  कलाकार गोविन्द कोइराला (जयन्ते) ले भद्रगोलका पुराना कलाकारहरु मिलेर सोही थिममा नयाँ सिरियल बनाउन लागेको जानकारी दिए।
उनले नयाँ सिरियल असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहिबार ८:५० बजे प्रशारण गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages