धेरै मेहनत र संघर्स गरेर यहाँ सम्म आइपुगे, अब तपाई हरुको सहयोग र माया को जरुरि छ मलाई - बल बहादुर राजबंशी - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, November 21, 2019

धेरै मेहनत र संघर्स गरेर यहाँ सम्म आइपुगे, अब तपाई हरुको सहयोग र माया को जरुरि छ मलाई - बल बहादुर राजबंशी



झापाको गौरादह नगरपालिका स्थित जुरोपानीमा जन्मेका बल बहादुर राजबंशी यति बेला चर्चाको शिखरमा छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल ‘ सिजन दुईमा टप १० प्रतिस्पर्धीमा पर्न सफल भएपछी उनको चर्चा चुलिएको हो ।
गौरादहमा स्कुल पढ्दा देखि नै संगीतमा रुची भएका राजबंशीको गित सुन्न साथीहरु मरिहत्ते गर्थे । शिक्षक र साथिभाईले उनलाई गित गाउन प्रेरित गरिरहन थिए, हौसला दिईरहन थिए । त्यतिबेला देखिनै उनमा आफु गित गाउनकै लागि जन्मेको रहेछु भन्ने भावना जागिसकेको थियो ।

बलबहादुरको यहाँसम्मको सांगीतिक यात्राका बारेमा केहि जानकारी :
– घर ?
मेरो घर झापा जुरोपानी हो । अहिले गौरादह नगरपालिका ।

– बसाई ?
 घर चाहि जुरोपानी हो ।

– प्रेरणा ?
मलाई सानै देखि गाउने रहर थियो । म गित सुन’थे , आफै पनि गुनगुनाउ“थे । म स्कुलमा प्राय गितहरु गाईरहन थिए । प्रोग्रामहरुमा भाग लिन्थिए । गौरादहमा पनि साथीहरुले, सरहरुले राम्रो रेस्पोन्स गर्नु हुन्थियो । हौसला दिनु हुन्थियो । साथीहरुले गाउघरमा जहाँ भेट्यो यसो गित सुना’न भनिहाल्ने । गित सुन्न खोज्ने । ठ्याक्क भेला भएर म गित पनि सुनाउने गर्थे ।

-दु;खको क्षण ?
स्कुलमा ६-७ कक्षामा पढ्दा मलाई एकदम गाउन मन लागेको थियो। गित गाउने लिस्टमा आफ्नो नाम लेखाउदा खेरि सिनियर दाईहरुले त गित गाउँ सक्दैनस भन्नुभएको थियो । म दश कक्षा पढ्दा बाबा बित्नु भयो । मेरो ठुल्दाईले सबै ब्यावहार समाल्नु भएको थियो । मलाई अफ्ठ्यारो त खासै परेन ।

– परिवारको साथ् ?
मेडिकल लाइनको मान्छे म, अनि अलिक पढ्नु पर्छ , गित गाउन गाह्रो छ । पैसा मात्र खर्च हुन्छ भनेर कराउनु हुन्थियो । कहिलेकाहीँ आमाले गाली गर्नु हुन्थियो, पढ्न पठाएको केटो गित गाउदै हिड्छ भन्नु हुन्थियो । ५-६ वर्ष अगाडी खासै गितका सिडीहरु नबिक्ने त्यति खेर गाह्रो भएको थियो मलाई ।अहिले आएर चाहि फेमिली पुरै खुसि हुनुहुन्छ । अहिले सपोर्ट पनि गर्दै हुनुहुन्छ ।

-सम्झनायोग्य क्षण ?
मैले गौरीगंज माविबाट एस.एल.सी पास गरे । पास गर्ने बित्तिकै पढ्नका लागि बिराटनगर गए । कलेजको फि तिर्न घरबाट पैसा पठाउनु हुन्थियो , तर मैले फि नतिरी गितार किनेको थिए ।

– संगीत कक्षा ?
पढ्ने क्रममा नै मैले संगीतमा केहि गर्नुपर्छ भन्ने धारणाले बिराटनगरमा नै ‘स्वर संगम संगीतालय’मा शास्त्रीय संगीत सिके ।

-पढाई ?
म चाहि मेडिकल ल्याब टेक्निसियन पनि हो। नोबेल मेडिकल कलेजबाट ल्याब टेक्निसियन पास गरेपछि बिराटनगरमै जागिर गर्थे ।

– सांगीतिक एल्बम ?
बिराटनगर मै हुदा खेरि मैले आफ्नो भाषिक उत्थानका लागि राजबंशी भाषाका गित समाबेश गरेर ४-५ वटा एल्बम निकालेको थिए । त्यहि हुदा मैले राष्टिय स्तरका २-३ वटा गित नि निकालेको थिए । जागिर गरेको ७-८ वर्ष भएको थियो ।

-काठमाण्डौ आउने सोच ?
म चौध वर्ष बिराटनगर बसे । त्यो बसाईलाई छोडेर संगीत क्षेत्रमै केहि योगदान दिन्छु भनेर भखरै काठमाण्डौ आएको छु । एकदमै राम्रो प्लाटफर्म ‘द भ्वाईस अफ नेपाल’ मा भाग हुन पाए । र अहिले म टप १० मा पुग्न सफल भएको छु। धरै खुसि छु ।

– अन्त्यमा ?
मैले पढाइ संगै संगीतलाई अगाडी बढाए। म संगीत क्षेत्रमा लागेको मान्छे, मलाई दर्शकको साथ् र सपोर्टको खाचो छ । मलाई भोट गर्न सम्पूर्ण दाजुभाई दिदीबहिनीमा दुई हात जोडेर अपिल गर्न चाहन्छु।

No comments:

Post a Comment

Post Bottom Ad

Pages