बल बहादुरलाई भोट गर्न १ दिन बाकी, यस्तो छ भोट गर्ने तरिका जति सक्दो धेरै भोट गर्न्न अनुरोध - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, November 21, 2019

बल बहादुरलाई भोट गर्न १ दिन बाकी, यस्तो छ भोट गर्ने तरिका जति सक्दो धेरै भोट गर्न्न अनुरोध


झापाको गौरादह नगरपालिका स्थित जुरोपानीमा जन्मेका बल बहादुर राजबंशी यति बेला चर्चाको शिखरमा छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल ‘ सिजन दुईमा टप १० प्रतिस्पर्धीमा पर्न सफल भएपछी उनको चर्चा चुलिएको हो । । गएको शुक्रबार र सनिवारको लाईभ राउन्डबाट २ जनाले भ्वाइस अफ नेपालको यात्रालाई बिट मारेका छन् । यस्तै खरो र उत्कृष्ट प्रस्तुतिका कारण निरन्तर चर्चा कमाईरहेका कोच प्रमोद टिमका बल बहादुर राजबन्शी गएको २ ओटै लाईभ एपिसोडबाट सेभ भएका छन् ।
लाईभ राउन्डमा पुगेका ४ कोचका १२ प्रतिष्पर्धीहरु घटेर अहिले १० पुगे संगै बलबहादुर पनि उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । आउने शुक्रबारको एपिसोडका लागि भोटिङ गर्न अब १  दिन मात्र बाकी रहेको छ । यस्तै बलबहादुर राजबन्शीलाई गृहनगरमा भोटिङ प्रचारप्रसार भब्य रुपमा चलिरहेको छ भने काठमान्डौ लगायतका ठाउहरुमा पनि भोटिङ अभियान सुरु भएको छ । उनका फ्यानहरुले अन्य ठाउहरुमा पनि भोटका लागि विभिन्न तरिकाहरु अपनाईरहेका छन् । उनलाई भोट अपिल गर्न सामाजिक संजालमा समेत ग्रुप बनाएर अभियान चलाईरहेको छ । उनले अब आफुलाई धेरै माया र सहयोग का साथ भोट को आबस्यक परेकोले सबै लाई भोट गर्न्न प्रतेक दिन आफ्नो सामाजिक संजाल मार्फत जानकारी गरि रहेका छन् ।


 आफ्ना सुभचिन्तकहरुले निरन्तर भोट गरिरहेको फोन तथा म्यासेज गरेर जानकारी गराईरहेको राजबन्शी सुनाउछन् भन्छन। उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । उनलाई जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी नेपालबाट मोवाइलको म्यासेज बक्समा ०३ टाइप गरि ३७००० नम्बरमा पठाउनु पर्नेछ । बिदेशबाट पनि एसएमएस मार्फत भोट गर्न सकिने छ ।


जस अन्तर्गत कतारबाट भोट गर्दा म्यासेज बक्समा ३ टाईप गरि ९२३०० नम्बरमा पठाउनु पर्नेछ । त्यसैगरि ईन्डियाबाट भोट गर्नलाई म्यासेजमा बल बहादुरको कोड ३ टाईप गरि ५३०१० मा पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ । फरक शैलि र स्वरका धनि बलबहादुर सबैका आशाका किरण हुन् । लाइभ राउण्डमा प्रवेश पाएका १० जना प्रतिस्पर्धीहरुबाट खुल्ला भोटिङका आधारमा छनौट हुदै बर्षको भ्वाइस अफ नेपाल बिजेता छानिने छ । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages