बिद्यार्थीको हक र अधिकारका लागि लड्ने काशीनाथ चुडाल पू.वि. कलेज अफ ल को सभापतिमा निर्विरोध निर्वाचित - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Tuesday, November 26, 2019

बिद्यार्थीको हक र अधिकारका लागि लड्ने काशीनाथ चुडाल पू.वि. कलेज अफ ल को सभापतिमा निर्विरोध निर्वाचित



१०,मंसीर, बिराटनगर   ।
 पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा अध्ययनरत् विद्यार्थीहरुको बृहत भेलाले काशीनाथ चुडाललाई विद्यार्थी कल्याणकारी परिषद्को सभापतिमा सर्वसम्मत चयन गरेको छ । 
पूर्वाञ्चल विश्वविद्यालय कानून संकायको आगिंक क्याम्पस कलेज अफ ल मा ३ बर्षे एल.एल.वी. शैक्षिक कार्यक्रम संचालित छ ।  
भेलाले उपाध्यक्षमा अच्यूत भटराई, सचिवमा लबकुमार यादव, सह–सचिवमा अनिष खनाल, कोषाध्यक्षमा मुना वस्ती, सदस्यहरुमा योगेन्द्र चौधरी, सुप्रिता दास, भावना पोखरेल र मेरिना शाक्यलाई चयन गरेको छ । 
 ‘मेरो एक मात्र ध्यय बिद्यार्थीका हक र अधिकारको लागि लड्नु हो’  नव निर्वाचित सभापति चुडालले बताए । साथै ‘विद्यार्थी कल्याणकारी परिषद् कुनै राजनैतिक दलको भातृ संगठन होइन, यसले राजनैतिक कृयाकलाप पनि गर्दैन र यो विशुद्ध प्राज्ञिक उन्ननयका लागि स्थापित संस्था हो’ उनले थपे । 
साथै चुडाल थप्छन, यो परिषदले विश्वविद्यालय र विद्यार्थीका वीचमा बसेर विद्यार्थीका हक हित स्थापित गर्ने कार्य गर्नुका साथै विश्वविद्यालयको बृहत्तर विकासका लागि सहयोगी भूमिका खेल्नेछ । 
नव निर्वाचित चुडाल विराटनगर कञ्चनबारी निवासी हुन् र उनी विभिन्न कयौ सामाजिक संघ संस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय व्यक्ति समेत हुन् ।

‘पू.वि. कलेज अफ ल का सवै बर्षहरुमा अध्ययनरत् विद्यार्थीहरुलाई समेटेर विद्यार्थीको पक्षमा अधिकतम कसरी सेवा सुविधा विस्तार गर्न सकिन्छ भन्ने कुरामा नै हाम्रो फोकस हुनेछ ।’ नव निर्वाचित सह–सचिव अनिष खनाल बताउछन् । साथै निकट भविस्यमा सल्लाह गरेर व्यवस्थित ढंकबाट कार्य गर्ने समेत उनले बताए । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages