कांग्रेससँग मिल्नु नै धर्म हुन्छ: बाबुराम भट्टराई - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Wednesday, December 25, 2019

कांग्रेससँग मिल्नु नै धर्म हुन्छ: बाबुराम भट्टराई


काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दो लन थाल्ने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दो लन गर्ने बताए ।
‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन । अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ । अब सडक आन्दो लन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ ।’
भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । ‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages