२०१९ मा किङ मेसीले ५० गोल बार्सिलोना ४-१ ले विजयी - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Monday, December 23, 2019

२०१९ मा किङ मेसीले ५० गोल बार्सिलोना ४-१ ले विजयी


काठमाण्डौ : 
स्पेनिस ला लिगा अन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले डिपोर्टिभोलाई चार– एक गोल अन्तरले हरायो ।
खेलको १४ औं मिनेटमा एन्टोइज ग्रिजमनको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनायो । त्यसपछि ४५ औं मिनेटमा अर्टुरो भिडालको गोलमा बार्सिलोनाले अन्तर दुई–शून्यमा पुर्‍यायाे । पहिलो हाफमा दुई–शून्यको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दा डिपोर्टिभोले एक गोल फर्कायो ।
५६ औं मिनेटमा डिपोर्टिभोको तर्फबाट पीरी पोन्सले गोल गर्दै गोल अन्तर दुई–एकमा पुर्‍याए तर ६९ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अन्तर तीन–एकमा पुर्‍यायाे । यो गोलसँगै सन् २०१९ मा क्लब र देशमा गरी लियोनल मेस्सीले गोल संख्या ५० पुर्‍याएका छन्।
त्यसपछि ७४ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । जसलाई लुइस स्वारेजले गोलमा परिणत गर्दै अन्तर चार–एकमा पुर्‍याए । त्यसपछि एलाभेसले थप गोल गर्न सकेन र बार्सिलोना चार–एकले विजयी भयो ।
यो जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको दुरी तीन अंकमा पुर्‍याएकाे छ । १८ खेलमा बार्सिलोनाको ३९ अंक भएको छ । रियालको ३६ अंक छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages