कश्मीरमा भारत-पाकिस्तान भिडन्त : चार सैनिक मारिए - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, December 27, 2019

कश्मीरमा भारत-पाकिस्तान भिडन्त : चार सैनिक मारिए


श्रीनगर : कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ ।
दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ ।
हाजी पीर सीमा क्षेत्रमा सीमा वारपार गोलीबारी भएको थियो । पाकिस्तानी सेनाले यस घटनालाई 'युद्धविरामको उल्लंघन' भएको टिप्पणी गरेको छ । भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कलियाले भने रामपुर क्षेत्रमा आफ्ना सिपाही पाकिस्तानी सेनाको आक्रमणबाट मारिएको जनाएका छन् । गत अगस्ट महिनादेखि नै कश्मीर क्षेत्रमा आम नागरिकको दैनिकी स्थिर हुन सकेको छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages