जब ‘गेट लस्ट’ भनेर प्रधानमन्त्रीले उपेन्द्र यादवलाई अपमान गरे अनि… - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Wednesday, December 25, 2019

जब ‘गेट लस्ट’ भनेर प्रधानमन्त्रीले उपेन्द्र यादवलाई अपमान गरे अनि…


समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई अपमानजनक शैलीकाे प्रयाेग गरी अपमान गरेको उनले बताए ।
समाजवादी पार्टीको मंगलबार बसेकाे संसदीय दल बैठकमा यादवले यस्ताे बताएका हुन् । सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गर्ने प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले अपमान गरेको उनले बैठकमा ब्रिफिङ गरे ।
संशोधनको प्रस्ताव लैजाँदा प्रधानमन्त्रीले आक्रोशित हुँदै ‘गेट लस्ट’ भनेर आफूलाई अपमान गरेको यादवले बैठकमा बताएका थिए । सो क्रममा प्रधानमन्त्री र यादवबीच चर्काचर्की नै भएको बताइएको छ । समाजवादी पार्टीकी सांसद रेणु यादवले प्रधानमन्त्रीबाट अपमानित भएको र संविधान संशोधन पनि हुने नदेखिएपछि पार्टीका दुई मन्त्रीले राजीनामा दिएको बताइन् ।
उनका अनुसार उपेन्द्र यादवले संविधान संशोधन नहुने भएपनि सरकारमा बसिरहन नैतिकताले नदिने भएरै राजीनामा दिइएको बताएका थिए । यादवको राजीनामा पत्रमा पनि सरकार दुई बुँदे सहमतिबाट पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएको हुँदा पदबाट राजीनामा दिएको उल्लेख छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages