काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा यो नेपालको उच्चतम स्कोर हो ।
बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकीय पारीको मद्दतमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको छ ।
नेपाललाई विशाल योगफलमा लैजान कप्तान मल्लले पहिलो अन्तर्राष्ट्रिय टी–२० शतक प्रहार गर्दै ५५ बलमा १०७ रन बनाए । यो हालसम्मकै उनको उत्कृष्ट टी–२० पारी हो ।
यस अतिरिक्त पूर्वकप्तान पारश खड्काले पनि अद्र्धशतकीय पारी खेले । खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए । भुटानका लागि कर्मा दोर्जीले दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले एक विकेट लिए ।
नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पवन सर्राफ, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अविनाश बोहोरा, सुशन भारी, कुशल भुर्तेल, सन्दीप झोरा, मोहम्मद अरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी र रासिद खान
No comments:
Post a Comment