चाल्न् थाल्यो नारायणीमा साढे दुई तले क्रुजसिप : सफल परीक्षण - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Sunday, December 22, 2019

चाल्न् थाल्यो नारायणीमा साढे दुई तले क्रुजसिप : सफल परीक्षण


२ सय २० यात्रु क्षमताको क्रुजसिपको नारायणी नदीमा सफल परीक्षण भएको छ। आइतबार बेलुका २५ जना यात्रुसहित सिपको सफल 

परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले सेतोपाटीलाई बताए।
सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको 'पोर्ट' वरपर परीक्षण गरिएको हो। परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कँडेलले जानकारी दिए।

अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ।
क्रुज सिपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उनले बताए।
'ठ्याक्कै यति समयमा सिप तयार हुन्छ भनेर भन्न सकेका छेनौं तर सक्दो चाँडो उद्घाटन गर्ने हिसाबले काम गरिरहेका छौं,' उनले भने।
गत चैतबाट निर्माण सुरू गरिएको क्रुजसिप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो।
स-साना प्राविधिक कामले ढिला हुन पुगेको कँडेलले बताए।
अब क्रुजसिपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ।
१५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ।
क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।  

क्रुजसिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ। 

No comments:

Post a Comment

Post Bottom Ad

Pages