क्यान इन्फाेटक मेलामा निशुल्क चीया देखि वाइफाइ सम्म - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, January 17, 2020

क्यान इन्फाेटक मेलामा निशुल्क चीया देखि वाइफाइ सम्म


माघ एक गते बाट इटहरीमा जारी क्यान इन्फाेटक मेला अन्तरगत दाेश्राे दिन बिहीबारबाट सामाजिक कामकालागि एक कप चिया अभियान सुरू भएकाे छ । साे अभियान अन्तरगत एकै दिन ८ हजार रकम संकलन गरिएकाे अायाेजक क्यान महासंघ सुनसरीले जनाएकाे छ । बिहीबार साझबाट चलाइएकाे अभियानले इटहरी क्यान मेलामा गतिलाे उदहारण प्रस्तुत गरेकाे छ । 

मेला अवलाेकन गर्न अाउने अागन्तुकलाइ निशुल्क चिया पिलाएर मन लागेकाे दान गर्न सकिने ब्यवस्था मिलाइएकाे र यसरी संकलित भएकाे रकमलाइ इटहरीकाे कुनै सामाजिक काममा खर्च गरिने क्यान महासंघ सुनसरीका मेला संयाेजक खडग अाेझाले बताए । यसरी अवलाेकनकर्ताहरूले एक कप चिया पिउने र खुशी भएर दान गर्ने गरेकाे पनि उनले बताए । दान गरिएकाे रकम इटहरीकै सामाजिक कामकालागि खर्च गरिने मेला संयाेजक अाेझाले बताए । 

त्यस्तै क्यान इन्फाेटेककाे सह प्रायाेजक रहेकाे वर्ल्ड लिंकले मेला लगायत अासपासकाे क्षेत्रमा फ्रि वाइफाइकाे ब्यवस्था समेत मिलाएकाे छ । वाइफाइकै कारण मेलाभित्र अाउने अवलाेकनकर्ताहरू बाेर नहुने मन लागेकाे फिल्म , गाना तथा गेमहरू फ्रिमा डाउनलाेड गरी भरिपुर्ण मनाेरञ्जन लिने गरेका छन । 

 इन्फाेटेकमा अाइ घर तथ कार्यालयका लागि इन्टरनेट जाेडनु परेमा वर्ल्डलिंकले भारीमात्रामा छुटकाे ब्यवस्था गरेकाे सेल्स सुपर भाइजर दिपक भारतीले बताए । यता इन्फाेटक सुरू भएकाे तेश्राे दिन अवलाेकनकर्ताहरूकाे भिड त्यतिकै बढेकाे बताइएकाे छ । बिहानकाे समय पानी परेकाे कारण समस्या भएपनि दिन उघ्रिए लगत्तै अवलाेकन गर्नेहरूकाे भिड बडेकाे अायाेजक क्यान महासंघ सुनसरीले जनाएकाे छ । 

८० वटा स्टल रहेको उक्त मेलामा प्रभु पेइ  मुख्य प्रायाेजक रहेकाे छ ।  मेलामा    रोबोर्टहरूको भिडन्त , दौड , आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages