सन २०१२ मा दील्ली स्थीत गुडीरहेको बस भीत्र एक युवती चीकीत्ससास्त्र अध्यन गर्दै गरेकी नीर्भया एक छात्राको सामूहिक बलात्कारपछि हत्याका चार अभियोगीलाई जनवरी २२ मा मृत्युदण्ड दिइने भएको छ । बलात्कार अभियोगी ३२ वर्षीय मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षयकुमार सिंहलाई २२ जनवरीको ७ बजे बिहान तिहाड जेलमा सामूहिक रूपमा मृत्युदण्ड दिन पटियाला हाउस अदालतले मंगलबार आदेश दिएको हो । उनीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिन सो जेलमा एक महिनादेखि जेल अधिकारीहरूले तयारी गर्दै आएका छन् ।
‘फैसलाले न्यायपालिकामाथि मानिसको भरोसा जाग्नेछ र महिलालाई शक्ति दिनेछ,’ पीडित युवती (निर्भया) की आमाले भनिन् । सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षीय ती युवतीलाई गुडिरहेको एउटा बसमा सामूहिक बलात्कारपछि यातना दिएर सडकमा निर्वस्त्र फालिएको थियो । निर्भया र उनका केटा साथी फिल्म हेरेपछि सो बसमा फर्किएका थिए । उपचारका क्रममा २९ डिसेम्बरमा उनको मृत्यु भएको थियो ।
No comments:
Post a Comment