राष्ट्रभक्तिमा आधारित रहेको गीतमा ‘मोडलिङ’ गर्दै वामदेव गौतम - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, August 28, 2020

राष्ट्रभक्तिमा आधारित रहेको गीतमा ‘मोडलिङ’ गर्दै वामदेव गौतम


पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।
आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् गीतको भिडियो हिजो  यूट्यूवबाट रिलिज गरिएको हो  ।

राष्ट्रभक्तिमा आधारित रहेको गीतलाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले
 सम्दादन गरेका छन् ।

गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित छन् । प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

गौतमको गीत लेख्ने सौख पुरानै हो । उनले नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिएका थिए । तर, उनको गीत छनोटमा परेन । छन्द कविता र गीति लेखनमा आफ्नो जीवनको प्रारम्भिक अवस्थादेखि नै रुचि रहेको गौतम बताउँछन् ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages