कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Saturday, August 29, 2020

कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु

१४ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।



उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
खोकी र दमले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages