४ असोज, गोरखा । भूकम्पले क्षति पुगेको गोरखाका धार्मिक सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको छ । भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि अधिकांश सम्पदाको पुनर्निर्माण बाँकी नै रहेको छ । पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पले जिल्लाका ४५ वटा सम्पदामा क्षति पुर्याएकामा जम्मा २१ सम्पदा पुनर्निर्माण भएका छन् ।
विभागले चालु आर्थिक बर्षमा २४ वटा सम्पदा पुनर्निर्माणका लागि बजेट छुट्याएको छ । विभागले गोरखा दरवार हेरचाह अड्डा र गोरखा संग्रहालयका प्रमुखलाई परियोजना प्रमुखको जिम्मा तोकेर पुनर्निर्माण अघि बढाउन लागेको छ । गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले आफ्नो जिम्मेवारीमा १० वटा सम्पदा रहेको बताए ।
No comments:
Post a Comment