प्युठानमा एक युवक पहिरोमा बगेर बेपत्ता - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Thursday, September 24, 2020

प्युठानमा एक युवक पहिरोमा बगेर बेपत्ता

 प्युठानको ऐरावती गाउँपालिकाका एक युवक पहिरोले बगाउँदा बेपत्ता भएका छन ।

ऐरावती गाउँपालिका वडा नम्बर २ लामीदमारका ३३ बर्षिय युवक गजेन्द्र बहादुर बाकबल मंगलबार बेलुका पहिरोले बगाउँदा बेपत्ता भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

मंगलबार बेलुका ७ बजेको समयमा जङ्गलबाट घाँस काटेर फर्किदै गर्दा घर नजिकै पहिरो गएको र सोही पहिरोले बगाएर माडी नदीमा पुर्‍याएर उनी बेपत्ता भएको प्रजिअ भुसालले जानकारी गराए ।

बेपत्ता युवक बाकबलको खोजीकार्यका लागि व्यापक रुपमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । बेपत्ता युवकको खोजीकार्यका लागि स्थानीय पनि लागेको उनले बताए ।

ती युवाको खोजिका लागि छिमेकी जिल्ला कपिलवस्तु र दाङ प्रशासनसङ्ग पनि समन्वय गरिएको प्रजिअ भुसालले जानकारी दिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages