प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत - Charchit Entertainment!

चर्चित समाचार

Post Top Ad

Friday, October 2, 2020

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

 १६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages