श्रीमानको हत्या आरोपमा महिला पक्राउ - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Monday, December 28, 2020

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

 १३ पुस, काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् ।

डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै डल्ली आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएकी थिइन् ।

डल्लीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages