लुम्बिनी प्रदेशका ९ जिल्लामा प्रचण्ड-माधव समूहको जिल्ला भेला हुँदै - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, December 26, 2020

लुम्बिनी प्रदेशका ९ जिल्लामा प्रचण्ड-माधव समूहको जिल्ला भेला हुँदै

 १२ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ ।

प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला हुन लागेको हो । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका शीर्ष नेताहरु आउँदैछन् ।
नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीका अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, डा. विजय पौडेल, हकिकुल्ला खाँ, दधिराम न्यौपानेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।


कपिलवस्तुमा चक्रपाणी खनाल -बलदेव), गिरिधारीलाल न्यौपाने, विष्णु पन्थीलगायतले सम्बोधन गर्दैछन् । दाङमा युवराज ज्ञवाली, कृष्णबहादुर महरा, मेटमणि चौधरी र बाँकेमा योगेश भट्टराई, पूणर्ाकुमारी सुवेदी, महेश्वर गहतराजलगायतले सम्बोधन गर्ने प्रदेश अध्यक्ष घर्तीले बताइन् ।

यस्तै बर्दियामा हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायतले सम्बोधन गर्नेछन् ।

स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्ट स्वास्थ्यमा समस्या आएका कारण जिल्ला भेलामा सहभागी हुन नसक्ने भएका छन् ।

पाल्पाको भेलालाई नेता सोमनाथ पाण्डे, केन्द्रीय सदस्य ठाकुर गैरे, तुलामाराम घर्तीले सम्बोधन गर्नेछन् । अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गर्ने छन् ।

रोल्पा, नवलपरासी पश्चिम र प्युठानको जिल्ला भेला भने भोलि हुने अध्यक्ष घर्तीले जानकारी दिइन् । लुम्बिनी प्रदेशका १२ जिल्ला अध्यक्षमध्ये दाहाल-नेपाल समूहतिर ६ जना जिल्ला अध्यक्ष खुलेर लागेका छन् भने ओली समूहतिर पाँचजना खुलेका छन् ।

प्युठानका जिल्ला अध्यक्ष भने वामदेव गौतम समूहका भएकाले अनिणिर्त छन् । दाहाल-नेपाल समूहमा खुलेर लागेकाहरुमा रोल्पाका सुरेन्ऽ घर्ती, रुकुम पूर्वका मेघबहादुर श्रेष्ठ, नवलपरासी पश्चिममा भविश्वर तिवारी, दाङका टीकाराम खड्का, बाँकेका आईपी खरेल र बर्दियाका भवनकुमार थारु हुन् ।

ओली समूहमा रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोख्रेल, अर्घाखाँचीका चेतनारायण आचार्य, गुल्मी मधुकृष्ण पन्त र पाल्पा नारायण आचार्य खुलेर लागेका छन् ।

प्युठानका तुलसीराम शर्मा वामदेव गौतम समूहका हुन् ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages