नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Sunday, December 27, 2020

नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला



 कञ्चनपुर — नेकपाको कञ्चनपुर पार्टी कार्यालयमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले ताला लगाइदिएपछि विवाद बढेको छ ।

दाहाल-नेपाल समूहले आइतबार जिल्ला कमिटीको विस्तारित बैठक आह्वान गरेपछि ओली समूहले कार्यालयमा ताला लगाइदिएको थियो । ताला तोड्ने क्रममा प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडपसमेत भएको छ ।

शनिबार दाहाल-नेपाल समूहले आइतबार दिउँसो बैठक आह्वान गरेपछि ओली समूहले बिहानै मूल गेटसँगै कार्यालयमा ताला लगाएको हो । ताला फोड्ने क्रममा प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो ।

अहिले पार्टी कार्यालयमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सुरक्षाकर्मीले कार्यालयमा लगाएको ताला तोड्न दिएका छैनन् । दाहाल-नेपाल समूहका नेता कार्यकर्ताहरुले पार्टीको कार्यक्रम गर्न पाउनुपर्ने भन्दै ताला तोड्न खोजिरहेका छन् ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages